९ मंसिर २०८३, बुधबार

आचारसंहिताविपरित सरकाले थप्यो २४ स्थानीय तह, विराटनगर र वीरगञ्ज अब महानगरपालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सरकारले तराईमा २४ वटा स्थानीय तह थप्ने तयारी गरेको छ ।

यसको नीतिगत निर्णयका लागि उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप्ने र दुई उपमहानगरलाई महानगरपालिका बनाउने प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने बताइएको छ ।

समितिले सोमबार पर्साको वीरगञ्ज र मोरङको विराटनगरलाई महानगरपालिका बनाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । दुबै सहरको भारतसँग सीमा जोडिएको छ ।

जेठ ३१ हुने स्थानीय तहको दोस्रो चरणको चुनावको आचारसंहिता लागु भएपनि सरकारले त्यसको धज्जी उडाउँदै मधेसवादी दलका लागि जथाभावी स्थानीय तह थप्न लागेको हो ।

एमालेको कडा विरोध, प्रतिवाद गर्ने चेतावनी

यता मधेसी दलको चित्त बुझाउन स्थानीय तह थप्ने तयारीको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा विरोध गरेको छ । सो दलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार भक्तपुरबाट चेतावनी दिँदै स्थानीय तह नथप्न सुझाव दिएका छन् । उनले जबरजस्ती गरिए प्रतिवाद गर्ने चेतावनी दिए ।