९ मंसिर २०८३, बुधबार

गगन थापाको क्षेत्रमा एमालेले जित्यो मेयर/उपमेयर, बूढानिलकण्ठमा प्यानलै विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाका नेकपा एमाले विजयी भएको छ । बुढानिलकण्ठ कांग्रेस युवा नेता गगन थापाको निर्वाचन क्षेत्र र सभापति शेरबहादुर देउवा बस्ने टोल हो ।

भर्खरै सार्वजनिक मतपरिणामअनुसार बूढानिलकण्ठको मेयरमा एमालेका उद्धब प्रसाद खरेल र उपमेयरमा रमा राई निर्वाचित भएका छन् । दुबैले कांग्रेसका उम्मेदवार राजु श्रेष्ठ(मेयर) र सुभद्रा खड्का (उपमेयर)लाई पराजित गरेका छन् ।

नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालका अनुसार नगरपालिकाको वडा नं ४ र ६ मा काँग्रेसका वडाध्यक्ष विजयी भएका छन् भने बाँकी वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

निर्वाचनको आधिकारिक परिणाम केही बेरमा सार्वजनिक गरिदैछ ।