३१ आश्विन २०८३, शनिबार

निर्माण व्यवसायी प्रतिनिधमण्डल र कृषि विकास बैंकका सिईओबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमवार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलालाई भेटी अन्य बैंक सरह नै कृषि विकास बैंकबाट समेत व्यवसायीहरुलाई सुविधा उपलब्ध गराइदिन आग्रह गरेको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को हालैको संशोधित व्यवस्था अनुसार निर्माण व्यवसायीहरुले निर्माण कार्य लिनको लागि बढी भन्दा बढी बैंक ग्यारेन्टी दाखिला गर्नु पर्ने अवस्था रहेकोले सोही अनुसारको व्यवस्था गरिदिन आग्रह गरेको हो ।

साथै ठेक्का सरलीकरण कर्जा ५० प्रतिशत र हेभी ईक्यूप्मेन्ट, गाडी मेशिन औजार, उपकरण लगायत तेश्रो पार्टी धितो ७५ प्रतिशत सम्म हुने व्यवस्था र अन्य बैकिङ्ग सुविधा सहित सरल व्याज कर्जा प्रदान गरिदिन समेत प्रतिनिधिमण्डलले प्रमुख कार्यकारी अधिकृत सिटौला समक्ष अनुरोध गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका बरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष रुद्र शर्मा, कार्यसमिति सदस्यहरु शिव चौलागाईं, महेन्द्र अधिकारी, दिपक गौतम लगायतका निर्माण व्यवसायीहरु सहभागी हुनुहुन्थ्यो ।