
हेटौँडा, १० जेठ । हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले जित नजिक पुगेको छ ।
पछिल्लो मतगणना अनुसार, नेकपा एमालेका उम्मेदवार हरिबहादुर महत मेयरमा जित नजिक पुगेका छन् । उनलाई निकटतम प्रतिस्पर्धी काँग्रेसका आनन्दराम पराजुलीले पछ्याइरहेका छन् ।
यस्तै, उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मीना लामाको जित पक्का भएको छ । उनी नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बलराम बल भन्दा भारी मतले अगाडि छिन् ।
हेटौंडा उपमहानगरपालिकामा काँग्रेस र माओवादीले गठबन्धन बनाएका थिए भने एमाले एक्लै मैदानमा होमिएको थियो ।











प्रतिक्रिया