३१ आश्विन २०८३, शनिबार

१५ करोड बजेट कटौती र रोल्पाली जनतामाथि धोका गरेको भनेपछि अर्थमन्त्रीको सातो गयो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना विषयलाई जोडेर केही सञ्चारमाध्यममा गलत समाचार प्रवाह भइरहेकामा ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री महराको सचिवालयले आज जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘रोल्पा जिल्लाको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको र कुनै पनि आयोजनामा बजेट कटौती गरिएको छैन ।’

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडकमा विनियोजित रु १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तीनवर्षीय प्रक्षेपणका आधारमा उक्त सडक निर्माणका लागि आव २०७३/७४ (क्रमागत)मा रु एक करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चनखण्डमा निर्माण काम भइरहेको सचिवालयले जनाएको छ ।

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक अर्थमन्त्रीको उच्च प्राथमिकतामा रहेको, प्रधानमन्त्री दाहालले उक्त सडक निर्माण प्रक्रियालाई अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्युठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार भएको तथा एक साताभित्रै उक्त कार्यले पूर्णता पाउने समेत प्रेस नोटमा उल्लेख छ ।

सडकको प्रतिवेदन तयार भइसकेपछि निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण तीव्ररुपमा अगाडि बढ्ने जानकारी दिँदै अर्थमन्त्रीको सचिवालयले राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका गलत प्रचारको बुझेर मात्रै धारणा बनाउन रोल्पालीलाई आग्रह गरिएको छ । रासस