पोखरा । परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले शीर्ष नेताहरुबीच सहमति हुन ढिलाइ भएको कारणले नै राजदूत नियुक्ति हुन नसकेको बताउनुभएको छ ।
गणित शिक्षा परिषद्को दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोही नेता विदेश भ्रमण, कोही बिरामी र कोही कार्यव्यस्तताका कारण राजदूत नियुक्ति हुन नसकेको टिप्पणी गर्नुभयो ।
परिवर्तित विश्व सन्दर्भलाई मध्यनजर गरी राजनीतिक दलहरुबीचको छलफलबाट छिट्टै नयाँ परराष्ट्र नीति ल्याउने जानकारी दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।














प्रतिक्रिया