२९ आश्विन २०८३, बिहिबार

रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को (रसिया), ३ जेठ । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

यस कदमले युक्रेनी जनताको भावनामा चोट पु¥याउने क्रेमलिनको दाबी छ ।

युक्रेनद्वारा रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु किभको अमित्रवत एवम् अदूरदर्शी नीति हो, क्रेमलिन प्रवक्ता दिभित्री पेस्कोभले रसियामा नियमित पत्रकार सम्मेलनका क्रममा बताउनुभयो ।

युक्रेनको हालैको रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कदमले युक्रेनी नागरिकको सूचना पाउन सक्ने अधिकारको उल्लङ्घन गरेको क्रेमलिन प्रवक्ताको भनाई छ । – एएफपी