३१ आश्विन २०८३, शनिबार

‘दाङ–नयाँदिल्ली’ डिलक्स वस चल्दै, जेठ दोस्रो सातादेखि सेवा दिइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २ जेठ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले भारतको नयाँदिल्लीसम्मका लागि ‘एसी वस’ संचालन गर्ने भएको छ ।

समितिमार्फत नयाँदिल्ली पुगेको पदाधिकारीहरूको समूहले भारतीय समितिसँग समन्वय गरेर हप्ताको सोमबार र शुक्रबार दुई दिन वस सञ्चालन गर्ने सहमति गरेको हो । घोराही–तुलसीपुर हुँदै महेन्द्रनगरबाट नयाँदिल्लीका लागि सुविधा सम्पन्न एसी वस चल्ने छन् । बिहान ७ बजे घोराहीबाट वस नयाँदिल्लीका लागि प्रस्थान गर्ने समतिले जनाएको छ ।

घोराहीदेखि नयाँदिल्लीसम्मका लागि एसी वसको भाडा २४ सय ८० रुपियाँ तोकेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । यात्रुको मागलाई सम्वोधन गर्नका लागि सुविधा सम्पन्न एसी वस सञ्चालन गर्न लागेको उनले बताए । वस सेवा जेठको दोस्रो सातादेखि सुरुवात हुनेछ ।

यसअघि समितिले दाङकै भालुवाङबाट तुलसीपुर–नेपालगञ्ज हुँदै नयाँदिल्लीसम्मका लागि रात्रि वस सेवा सञ्चालन गर्दै आएको थियो ।

हप्ताको ६ ‘क्यू’ वस संचालन गर्दै आएको समितिले अब भने दिवासेवाका लागि समेत वस सञ्चालन गर्न लागेको छ । वस सञ्चालन भएपछि यात्रुलाई भने सहजता हुने अपेक्षा समितिले लिएको छ ।

समितिले नेपालीहरू रोजगारीका लागि भारतका विभिन्न स्थानमा जाने गरेकाले उनीहरू यातायातको सहजताका लागि दाङदेखि नयाँदिल्लीसम्मका लागि सिधा वस सेवा सञ्चालन गर्न लागिएको हमालले बताए ।

राप्ती समितिले दाङदेखि पञ्जावको राजधानी चण्डिगढसम्म पनि वस सेवा सञ्चालनको तयारी थालेको छ ।