पर्वत, २४ असोज । कालीगण्डकी नदीको तीरमा बेबारिसे अवस्थामा दोस्रो संविधानसभा निर्वाचनका मतपत्र भेटिएको छ ।
यसरी बेबारिसे अवस्थामा मतपत्र भेटिएपछि एमाओवादीले पत्रकार सम्मेलन गरी चुनावमा धाँधली भएको पुष्टि भएको दाबी गरेको छ ।
पर्वत, बागलुङ र म्याग्दीका एमाओवादी नेताहरु सहभागी पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो पार्टीलाई हराउन मतपत्र साटेर नदीमा बगाइएको आरोपसमेत लगाए।
मतपेटिका सदरमुकाम ल्याउदै गर्दा सेनाले बाटोमा मतपत्र साटेर एमाओवादीको पक्षमा छाप लगाएका मतपत्र नदीमा बगाइएको हुन सक्ने उनीहरुले अनुमान गरेका छन् ।
एमाओवादीले पत्रकार सम्मेलनमा एक सय भन्दा बढी छाप लगाएका मतपत्र सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा सार्वजनिक गरेको मतपत्रमा १३ वटा चुनाव चिन्ह मध्य हसिँयाहतौडा चिन्हमा मात्रै छाप लगाइएको छ।















प्रतिक्रिया