काठमाडौँ, २३ असोज । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन तोलामा १ सयले कमी आएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ५१ हजार ५ सयमा छापावाल सुनको कारोबार भयो । दशै अघि तोलाको ५१ हजार ६ सयमा सुन कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर ७ सय ३५ कायम भएको महासंघले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वियरिष ट्रेण्डमा रहेसंगै स्थानीय बजारमा पनि मूल्य ओरालो लागेको हो ।















प्रतिक्रिया