३१ आश्विन २०८३, शनिबार

७ वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्छाै: उर्जामन्त्री शर्मा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १६ वैशाख । ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उर्जामन्त्री जर्नादन शर्माले जनाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने “अबको ७ वर्ष भित्र १७ हजार मेगावट उत्पादन गर्छौ । सरकारको प्रत्यक्ष निगरानीमा ८ हजार र निजी क्षेत्रको सहभागीतामा ९ हजार मेगावट उत्पादन गर्ने लक्ष्य छ । ”

उज्यालो अभियान प्रचारको लागी नभएर वास्तविकताको लागी भएको भन्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई उत्साहित पार्दै मन्त्री शर्माले भने “तपाई उद्योगी व्यवसायीहरुले अब उर्जामा लगानी गनुहोस् । छर छिमेकलाई पनि भन्नुहोस् । उर्जामा गरेको लगानी कहिल्यै खेर जादैंन ।”

मन्त्री शर्माले आगामी वर्षमा विद्युत अभावले उद्योग बन्द गर्नु पर्ने अवस्था नआउने भन्दै उद्योगी व्यवसायीलाई विश्वस्त हुन आग्रह गरे । उनले औद्योगिक जिल्ला रुपन्देहीमा ३२ केभिएले नपुग्ने भएकाले एक वर्ष भित्र काम सम्पन्न गर्ने गरी नयां टेन्डर खोल्न प्राधिकरणलाई निर्देशन समेत दिए । नेताले भन्दा उद्योगीले नै देशको विकास गर्ने भएकाले देशको पुँजीलाई समग्र राष्ट्रको पुँजी मान्नु पर्ने मन्त्री शर्माले तर्क थियो ।

सोही अवसरमा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंगले भैरहवा बुटवलमा छिट्टै लोडसेडिंग मुक्त बनाउन तयारी थालेको जनाए । उनले भने– ‘यो क्षेत्रमा रहेको विद्युत समस्या चाडैं नै समाधान हुन्छ ।’

उक्त कार्यक्रममा संघका अध्यक्ष रामकुमार शर्माले विद्यूतको अनियमितताको कारण यस क्षेत्रमा उद्योग व्यवसाय मारमा परेको जनाएका थिए । ठूलो उद्योग धन्दा मात्रै होइन सामन्य व्यवसाय, भैरहवा विशेष आर्थिक क्षेत्र र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरबका आयोजनामा सन्चालनमा पनि विद्युतको अनियमितताले ठूलो समस्या पारेको व्यवसायीको मन्त्री समक्ष जीकिर थियो ।

भैरहवा–लुम्बिनी औद्योगीक कोरिडोरका अवस्थित सिमेन्ट उद्योगहरु जसले नेपालको माग अनुसार आपूर्तिका एवं देशको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका राष्ट्रिय स्तरका सिमेन्ट उद्योगहरु लगायतका उद्योगहरुले हाल लोडसेडिङ्गको समय वाहेका पाएको विद्युत दुई चरण बिहान र साँझ गरी पाँउदा उद्योगहरुको निरन्तर उत्पादन र श्रमिक व्यवस्थापनमा समेत असर परेकोले उद्योगहरुलाई एकै सिफ्टमा निरन्तर विद्युत आपूर्तिको व्यवस्था गरिनु पर्ने र सो क्षेत्रको प्रसारण लाईन एवं ट्रान्सफरमर एवं कन्डकटर अपग्रेडिङ्ग गरिनु पर्ने । नेपालको पहिलो विशेष आथिक क्षेत्र सेजको कानुन पास भईसकेको र उद्योग लगाउन विभिन्न उद्योगहरुले सम्झौता गरिसकेको विद्यमान समयमा पनि सेजमा उद्योग संचालनको लागि विद्युत व्यवस्थाको ग्यारेन्टी नभएको कारण उद्योगीहरुले लगानी गर्ने वा नगर्ने बिषयमा आवश्त हुन नसकेको कारण सेजको सञ्चालनमा नै प्रश्न उठिरहेकोले तत्काल उद्योग संचालनको वातावरण निमार्णको लागि गण्डकदेखि १३२ के.भी. लाइन निर्माण गरी १३२÷३३ के.भि. सवस्टेशन निर्माण गर्नुपर्ने साथै योगिकुटीदेखि भरौलियासम्म ३३ के.भी. कन्डक्टर र ट्रान्सफमार अपग्रेडिड्ड गरी सर्किट थप गर्नुपर्ने र धकधई क्षेत्रका सब विद्युत सब स्टेशन निमार्ण गर्नु पर्ने व्यवसायीले आग्रह गरे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेश अग्रवाल, उर्जा सचिव अनुप कुमार उपाध्याय, विद्युत प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनिन्द्र ठाकुर लगायतको उपस्थिीति रहेको कार्यक्रमको सञ्चालन संघका सचिव नेत्र आचार्यले गरेका थिए ।