२९ आश्विन २०८३, बिहिबार

यातायात हड्तालले ब्राजिलका अधिकांश भूभाग प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियो दि जेनेरियो (ब्राजिल), १६ वैशाख । ब्राजिलमा बस, रेल तथा विद्युतीय रेललगायतका यातायातको आवागमनलाई ठप्प पार्ने गरी आयोजना भएको यातायात हड्तालले यहाँको जनजीवन प्रभावित पारेको छ ।

ब्राजिलमा यातायात सङ्घ थत अन्य कैयौँ समूहले श्रमजीवी कानुनको परिवर्तन र निवृत्तिभरण प्रणालीलाई यहाँको संसदले पास गर्न नहुने बताउँदै उनीहरु आन्दोलित भएका छन् ।

आन्दोलनमा सहभागीहरुलाई विथोल्न प्रहरीले शनिबार साओ पाओलोमा अश्रुग्यास प्रयोग गरेको छ । ब्राजिलको कङ्गानहस अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्ने बाटो रोक्न खोज्ने प्रदर्शनकारीलाई हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । –एपी