
ललितपुर, १३ वैशाख । नयाँ वर्ष २०७४ को अवसरमा ललितपुरको पुल्चोकस्थित लबिम मलमा नयाँ टेलरिङ शोरूम सञ्चालनमा आएको छ ।
‘सुट द्याट फिट्स’ नामको उक्त शोरूमको यूकेमा रहेको ‘अ सुट द्याट फिट्स’ नामक कम्पनीसंग व्यापारिक संबन्ध रहेको छ ।
उच्च गुणस्तरीय सुटहरू उत्पादन गरी युरोप र अमेरिकामा मात्र निर्यात गर्दै आएको कम्पनीले पहिलोपटक नेपालमै आफ्नो शोरुम खोलेको कम्पनीका प्रबन्ध निर्देशक ओम योगीले बताए।
नेपाली ग्राहकहरुबाट पनि माग आउन थालेकाले आफ्नै ब्राण्डका गुणस्तरीय सुटहरूको उत्पादन तथा विक्रीवितरणका लागि नेपालमा पनि शोरूम सञ्चालनमा ल्याइएको योगीले बताए ।
लबिम मलको शप नम्बर ७ मा सञ्चालनमा आएको उक्त शोरूमबाट ग्राहकको रोजाइअनुसारका सुटहरू उत्पादन गरिने शोरूमका म्यानेजर योगेश कोइरालाले बताए ।
‘सुट द्याट फिट्स’ ले इटाली र बैङ्ककबाट आयात गरिएका गुणस्तरीय कपडाबाट उत्पादन गरिएका सुटहरू मात्र बिक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।
२० हजारदेखि सत्तरी, असी हजारसम्म पर्ने सुटहरु आफुहरुले बनाउने योगीले बताए । तिनै सुट बेलायतमा दसई लाखसम्म पर्ने पनि उनले जानकारी दिए ।
उक्त कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १ सय २० जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।















प्रतिक्रिया