२९ आश्विन २०८३, बिहिबार

ट्रम्पको पद फेरि धरापमा ! अमेरिकामा सुरु भयो अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन अमेरिकामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ ।

अप्रिल २९ मा राष्ट्रपति कार्यकालमा आफ्नो १०० दिन मनाउने तयारीमा रहेका बेला डा. जोन गार्टनरको नेतृत्वको मनौवैज्ञानिकहरुको एक समूहले ट्रम्प स्पष्ट मनोरोगी भएको भन्दै राष्ट्रपति पदको अयोग्य बताएका छन् । र, ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने भन्दै हस्ताक्षर संकलन सुरु पनि गरेका हुन् । जसमा ४२ हजार ५ सयले हस्ताक्षर गरिसकेका छन् ।

यल युनिभर्सिटीमा बिहिबार २५ जनाको अनुसन्धानकर्ताको समुहले कमान्डर इन चिफको मानसिक स्वास्थ्यबारेका प्रमाणहरुमा छलफल गरेका थिए । छलफलपछि राष्ट्रपति ‘पर्सनालिटी डिसअडर’बाट प्रभावित भएको निष्कर्ष निकालिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती मनौवैज्ञानिकहरुले यो आफ्नो ‘नैतिक जिम्मेवारी भएको’ र ट्रम्प देशको लागि ‘खतरा’ भएको चेतावनी दिदै आफुहरुले गरेको निर्णयको बचाउ गरेका छन् । ट्रम्पमा एन्टी–सोसिएल, अनाचारवादी र युद्ध प्रेमी व्यवहार देखिएको उनीहरुको ठम्याई छ ।