रत्ननगर (चितवन), १९ असोज । राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णीम वाग्लेले नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहाको विकासका लागि आफ्नो सहयोग रहने बताउनुभएको छ ।
सौराहामा आइतबार पर्यटन व्यवसायीहरूसँग भएको अन्तक्र्रियामा सदस्य डा वाग्लेले योजना बनाएर ल्याउन सौरेलीहरूलाई आग्रह गर्नुभयो ।
“योजनासहित तपार्इंहरू आउनुहोस्, यसमा आयोगले ध्यान दिनेछ”, उहाँले भन्नुभयो, “केही योजनाका लागि मैले पनि प्रयास गर्छु ।” सो छलफलमा सौराहामा विद्युत् भार कटौतीको मार परिरहेको भन्दै व्यवसायीहरूले समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।
यस्तै सौराहाको प्रवेशद्वारमा राखिएको ढाटको समस्या, निकुञ्ज प्रवेशको टिकटको समस्या र चितवनको पहाडी ऐतिहासिक क्षेत्र उपरदांग गढीमा भ्यूटावर निर्माण गरी पर्यटन प्रवद्र्धनका विषयमा सदस्य डा वाग्लेको ध्यानाकर्षण गराइएको क्षेत्रीय होटल सङ्घ चितवनका सचिव दामोदर रेग्मीले बताउनुभयो ।
सौराहाका व्यवसायीले नयाँ गुरुयोजना निर्माण गरेर आयोगमा लैजाने बताएका छन् ।














प्रतिक्रिया