१ कार्तिक २०८३, आइतबार

बार्सिलोनामा सांस्कृतिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ वर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्यरुपमा बार्सिलोनामा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा पर्यटन दुत चिन्तामणि सापकोटा, एनआरएनका अध्यक्ष मुक्त बहादुर गुरुङ, पर्यटन दूत दीपक खरेल, नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरि पौडेल लगायत स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा गायिकाद्वय सुमी घिमिरे सापकोटा र अनुजा थापाले आफ्नो लोकभाका प्रस्तुत गरेका थिए ।

कार्यक्रम महामन्त्री रामप्रसाद सापकोटा बिराज सदस्यद्वय लक्ष्मण खत्री र अन्जु अधिकारि तिमिल्सिनाले चलाएका थिए ।