३१ आश्विन २०८३, शनिबार

कतार एयरवेजद्वारा मिडल इस्टमा ‘क्यूस्विट’ उपलब्ध गराइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा  कतार, ५ वैशाख । कतार एयरवेजले आफ्नो पृथक तथा क्रान्तिकारी नयाँ प्रिमियम ट्राभल एक्सपेरियन्स ‘क्यूस्विट’ प्रदर्शित गर्ने भएको छ ।

एयरवेजले आउने हप्ता मिडल इस्टमा आयोजित हुने अरेवियन ट्राभल मार्केट (एटीएम)मा पहिलो पटक यसको अनुभव प्रदान गर्ने तयारी गरेको हो । क्षेत्रकै सर्वाधिक ठूलो औद्योगिक मेलाका रुपमा परिचित एटीएम यही अप्रिल २४ देखि २७ सम्म दुबईमा सञ्चालित हुनेछ ।

कम्पनीले प्रदर्शनी मार्फत गल्फ (खाडी)मा रहेका औद्योगिक हस्तिहरुलाई पहिलो पटक आफ्नो नयाँ डिजाइन तथा परस्पर स्विट्सको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । यस अघि कम्पनीले गत महिना बर्लिनमा सफलतापूर्वक यसको ग्लोबल रिभिल गरिसकेको छ ।

प्रदर्शनीको उद्घाटन समारोहमा आयोजना गर्ने तयारीमा रहेको एयरलाइनको बार्षिक पत्रकार सम्मेलन मार्फत विमान उद्योगमा विश्वकै पहिलो किसिमका सेवा उपलब्ध गराउन परिचित महामहिम अकबर अल बाकरले यात्रु तथा विश्वभरबाट जम्मा भएका मिडियाहरुलाई नयाँ अनुभव प्रदान गर्ने तयारी गरेको जानकारी दिइएको छ ।

‘वैश्विक प्रिमियम ट्राभलमै क्रान्ति ल्याउने सम्भावना सहितको नयाँ विजनेश क्लास सिट ट्राभल उद्योग तथा मिडल इस्टमा रहेका मिडिया पार्टनरहरु माझ सार्वजनिक गर्दै सदाझैँ यस बर्षपनि एटीएमको भब्य सफलताको आशामा छौँ’ कतार एयरवेज गु्रपका प्रमुख कार्यकारी महामहिम अकबर अल बाकरले भने ‘कतार एयरवेज विश्वभर उत्कृष्ट यात्रु अनुभव तथा नौला सम्भावनाका लागि परिचित छ । यसलाई निरन्तर्ता दिँदै अवलोकनकर्ताहरु माझ हामीद्वारा विकसित नौला उत्पादन पस्कन निकै आतुर छौँ ।’

एयरलाइन उद्योगकै विजनेश क्लासमा पहिलो डबल बेड सुविधा सहितको नयाँ ‘क्यूस्विट’ डिजाइनमा आवश्यकता अनुसार समायोजन गर्न सकिने प्राइभेसी प्यानलको ब्यवस्था समेत रहेको छ । यसले संयुक्त सिटमा रहेका यात्रुलाई आफ्नो इच्छा अनुसार ब्यक्तिगत क्षेत्र कायम गर्न सघाउने छ ।

केन्द्रीय चार सिटमा रहेका समायोजन सुविधा सहितका प्यानल तथा टीभी मोनिटरले संयुक्त यात्राका क्रममा रहेका यात्रुलाई समेत आवश्यकता पर्दा सिटलाई ब्यक्तिगत (प्राइभेट) स्विटमा परिमार्जन गर्ने सुविधा उपलब्ध गराउँछ ।

यसले तिनलाई संयुक्तरुपमा कार्य, डाइन तथा सामाजिकिकरण हुनमा सघाव मिल्ने कम्पनीले आशा लिएको छ । कम्पनीले पहिलो पटक उपलब्ध गराउन लागेका यी सुविधाले यात्रुलाई तिनका स्विट्समा आफ्नो आवश्यकता र इच्छा अनुसार परिमार्जन गर्ने अवसर प्रदान गर्छ ।