वाशिंगटन डिसी । अप्रिल १६, भिन्तुना ईनटरनेसनलले आयोजना गरेको ग्लोबल नेपाल फेस्ट २०१७ डीसी नामक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ ।
महोत्सवमा नेपाल झल्काउने कार्यक्रमका साथै चित्रकला प्रदर्शन, योगा तथा ध्यानसत्रसहित उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको हो ।
मेडिटेसन सेसन बिहान ११ः३० मिनेटमा सुरु गरिएको थियो । योगा कार्यक्रम १२ः३० मा आयोजना गरिएको थियो । कार्यक्रममा कुनै औपचारिक कार्यक्रम राखिएको थिएन ।
नेपालका संगीत, कला, पर्यटक, संस्कृति, कलाकार, हस्तकला, चित्रकला, भेषभूषा आदि प्रबर्धन गर्ने हेतुले उत्सवको आयोजना गरिएको आयोजक सुरेश सापकोटाले बताए ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्पन्न उक्त उत्सवमा नेपालका लागि पूर्व अमेरिकन राजदूत स्कट डेलेसी, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की मेरिल्याण्ड इन्डियन हेड नगर पालिकाका नेपाली मूलका निर्वाचित उपनगर प्रमुख किरण सिटौला, गैर आवासीय नेपाली संघ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिम्सिना लगायत अन्य संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया