३१ आश्विन २०८३, शनिबार

अत्यन्तै सस्तोमा ईन्टरनेट चलाउन पाइने, क्लासिक टेकको डबल अफर

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । हालसम्म ७२ जिल्लामा आफ्नो ईन्टरनेट सेवा बिस्तार गरिसकेको क्लासिक टेकले नयाँ वर्षको उपलक्ष्यमा तीव्र गतिको ईन्टरनेट सस्तो मूल्यमा प्रदान गर्न डबल इन्टरनेट अफर ल्याएको छ ।

यो नयाँ अफरअन्तर्गत अब क्लासिक टेकको नयाँ वार्षिक जडानमा ग्राहकहरूले पहिलेकै सस्तो मूल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने छन् ।

जस अन्तरर्गत एक एमबिपिएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरूले दुई एमबिपिएस ईन्टरनेटको ९ सय ९९ प्रति महिनामा नै पाउने छन् ।

साथै ३ एमबिपिएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरूले छ एमबिपिएस ईन्टरनेट मात्र रु १ हजार ९९ रुपैयाँप्रति महिनामा नै पाउने छन् ।

कम्पनीले अफर अबधिभर नयाँ ईन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाईबर डिभाईस निःशुल्क उपलब्ध गराएको छ ।

विश्वकै उत्कृष्ट जिपिओएन प्रबिधिमा आधरित फाइभर टू द होम ईन्टरनेट सेवामा कनै पनि शेयरिङ रेसियो हुने छैन । यो अफर वैशाख ३१, २०७४ सम्मको लागि मात्र लाग हुनेछ ।