१ कार्तिक २०८३, आइतबार

कांग्रेस निकट जनसम्पर्क समिति स्विटजरल्यान्डमा सापकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्विटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् । सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ वर्षदेखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् ।

नवनिर्वाचित समितिको अध्यक्षमा श्याम सापकोटा, उपाध्यक्षमा प्रकाश पौडेल, महामन्त्रीमा तिलक थापा, सह(महामन्त्रीमा सरोज घिमिरे, कोषाध्यक्षमा वीरु गुरूङ र सदस्यहरु कातियानी न्यौपाने, बिजय शर्मा, रेशम खत्री र दीपेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।

समितिको संरक्षकमा समितिका निवर्तमान अध्यक्ष रामकुमार महत्तो र प्रवक्तामा सदस्य बिजय शर्मालाई सर्बसम्मतिले मनोनीत गरेको हो ।

प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रतिनिधि नेपाली जनसम्पर्क समिति, बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव पौडेल, बिशेष अतिथिमा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटनदूत चिन्तामणि सापकोटा, जनसम्पर्क समिति स्विट्जरल्याण्ड पूर्व अध्यक्ष गुणराज शर्मा र अतिथि नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरि पौडेलका साथै पर्यटनदूत कमल भट्ट, गैर आवासीय नेपाली संघ स्विसका अध्यक्ष हीराबल गुरुङ, प्रबासी नेपाली मंच स्विसका अध्यक्ष संजय मुडवरी, जनप्रगतिशील मंच स्विसका अध्यक्ष श्याम घले, बर्न समाजका अध्यक्ष बिष्णु थापालगायतले अधिबेशनको सफलताको लागि शुभकामना मन्तब्य दिएका थिए ।