३१ आश्विन २०८३, शनिबार

खेललाई मैत्रीपूर्ण बनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, ३ वैशाख । जनआदर्श युवा क्लव शिवपुर कपिलवस्तुले नयाँ वर्षको अवसरमा फूटबल प्रतियोगिता उद्घाटन गरिएको छ । युवाहरुको शारीरिक, मानसिक, वौद्धिक र सम्बेगात्मक विकासमा टेवा पु-याउन प्रतियोगिता संचालन गरिएको हो । फूटवल खेलको उद्घाटन गर्दै प्रमुख अतिथि व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले खेललाई मैत्रीपूर्ण बनाउन जोड दिनुभयो ।

खेल आफैंमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै युवापुस्तामा धार्मिक, जातीय र सामाजिक मेलमिलापको भावना जागृत गराउने एक मात्र चीज नै खेल भएको उहाँले बताउनुभयो । प्रमुख अतिथि पोख्रेलले समाज, जिल्ला र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि राख्न महत्वपूर्ण भूमिका खेल्ने पाटो नै खेलकूद रहेको जिकिर गर्नुभयो । त्यस्तै समाज विकासमा युवाको महत्वपूर्ण भुमिका भएको हुँदा अव युवा अग्रसर बन्नु पर्ने र युवा पुस्तालाई अवको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । खेलकूदको विकासप्रति युवाहरुलाई आफूले हरेक क्षेत्रबाट सहयोग गर्न तयार रहेको समेत पोख्रेलले प्रतिबद्धता जाहेर गर्नुभयो ।

जिल्लाको शिवराज नगरपालिका १ रेन्जर अफिसस्थित सरस्वती निमावि छेउको खेलमैदानमा आयोजित फूटबल प्रतियोगितामा समाजसेवी जगतबहादुर जि.सी.ले खेलप्रेमी युवाहरुलाई अगाडि बढ्न हौसला प्रदान गर्नुभयो । साथै युवालक्षित कार्यक्रममा अगाडि बढ्न आफूले सकेको सहयोग पु-याउने समेत जिसीले प्रतिबद्धता जाहेर गर्नुभयो । युवा व्यापारी गणेश केसीले खेलकूदको विकासमा युवाहरु संगठित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आईपीएल जस्तै जनआदर्शले पनि हरेक नयाँ वर्षको अवसरमा निश्चित मितिमा खेलकूदलाई निरन्तरता दिएमा खेलप्रेमी युवाहरुलाई पनि सोही अनुसार तयारी हुन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

क्लवका अध्यक्ष तिलक अधिकारीले युवाहरुमा खेलकूदप्रति आकर्षण बढ्दै जाँदा नववर्षको अवसर पारी युवालक्षित फूटवल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । खेल एक हप्ता चल्ने बताउँदै उहाँले प्रतियोगितामा खेलाडीहरु पनि अनुशासित तवरले खेल्नुपर्ने अनुरोध गर्नुभयो । खेल उद्घाटन कार्यक्रममा बयोवृद्ध कृष्णबहादुर के.सी., समाजसेवी ज्ञानीराम पुरी, ऋषिराम खनाल, डिलाराम अधिकारी, कमल पाण्डे, रघुनाथ भट्टराई, बुधराम थारु, मुमाराम खनाल, क्लबका पूर्वअध्यक्ष गोपाल खडका, युवा व्यवसायी रामचन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

पहिलो दिन उद्घाटन खेल जयबुद्ध युवा क्लव र सुर्योदय युवा क्लवबीच प्रतिस्पर्धा भएको थियो । एक सातासम्म चल्ने खेलमा कूल १२ टिमले दर्ता गराएको आयोजकले जनाएको छ ।