दोहा । पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशनले चिन्तामणि पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
पौडेलको नेतृत्वमा समाजले नया कार्यकाल २०१७ देखि २०१९ सम्मको लागि २९ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्षमा क्रमशः आनन्द सुबेदी, भीमबहादुर क्षेत्री, महासचिव सन्तोष गुरुङ, सचिव याम बहादुर क्षेत्री अनिल, सचिव वीरेन नेपाली, रहँदा पदाधिकारीको पदमा एक उपाध्यक्ष सहित कोषाध्यक्ष र सहकोषाध्यक्षको पद खाली रहको हुदाँ आगामी बैठकमा पदपूर्ति गरिने भएको छ ।
केन्द्रीय सदस्यहरुमा बिक्रम कुँवर, लेखनाथ रिमाल, गणेश परियार, टीकाराम भुसाल, भीम अधिकारी, हरिप्रसाद शर्मा, दुर्गा प्रसाद भट्टराई, सन्तोष श्रेष्ठ, दलबहादुर अधीकारी, धन सुनार खाती, राम खड्का, सुरज परिवार मान बहादुर जिसी, डम्बर क्षेत्री, सोम क्षेत्री, गंगा नेपाली हरिलाल सापकोटा, रघुनाथ शर्मा, अन्तिम बिक, कमल बिक रहेका छन् ।
समाजको प्रमुखसल्लाहकार निबर्तमान अध्यक्ष दीपेन्द्रजंग लामिछाने रहँदा लेखा समिति संयोजक डिल्लीराम भट्टराईलाई चुनिएको थियो ।
तेस्रो अधिवेशनलाई सर्वसम्मत सम्पन्न गराउदै नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएको निर्वाचन समिति संयोजक पूर्णबहादुर नेपाली रहेका थिए ।
















प्रतिक्रिया