गोविन्दप्रसाद उपाध्याय बैंकिङ क्षेत्रमा जति चर्चित छ, संगीत क्षेत्रमा पनि उत्तिकै प्रख्यात छ । एपेक्स बैंक लिमिटेडका सिइओ उनै उपाध्याय अहिलेका जल्दाबल्दा गीतकार हुन् । उनै गीतकार उपाध्यायको गीतबाट भरिएको ‘जाली रुमाल…’ नामक एल्बम लिएर आएकी छिन्, गायिका सरिता प्रजापति ।
गत वर्ष नेपाली संगीतमा ‘हेर्दा हेर्दै…’ बोलको गीतबाट सर्वाधिक चर्चा बटुल्न सफल गायिका सरितो ‘सम्झनालाई जाली रुमाल’ बोलको डान्सिड गीत र भिडिया लिएर आएकी हुन् ।
प्रायः फाष्ट ट्र«याक गीत गाउन मन पराउने सरिताले यसपाली भने अहिलेका जल्दाबल्दा गीतकार उपाध्यायको शब्द र उहि संगीतकार बिक्रम थापाको संगीतमा आफ्नो स्वरको जादू भरेकी छिन् ।
स्टेजमा नाच्दै प्रस्तुत हुने र कतै कतै त बेली डान्स समेत देखाउन पछि नपर्ने सरितालाई डान्सर गायिकाको उपमा दिइन्छ ।
उनको नयाँ म्युजिक भुडियोमा वर्षा शिवाकोटी, किरण लाकौल, सुदिप सापकोटा, नीरज बम र प्रवीण आत्रेयको अभिनय छ । क्यामेराम्यान ज्ञानेन्द्र शर्माले गोदावरी र ललितपुरका विभिन्न ठाउँका सुन्दर दृष्य अनि अभिनयलाई कैद गरेका छन् ।
अघिल्ला एल्बम र गीतहरुमा भन्दा फरक विचार र दृष्टि लिएर क्रियटिभ डाइरेक्टर विधान कार्कीको साथमा काम गरेकी सरिताले ‘जाली रुमाल’ संगसंगै अरु धेरै गीतहरु केहि महिनाभित्र ल्याउने तरखरमा छन् ।















प्रतिक्रिया