१ कार्तिक २०८३, आइतबार

साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली कलाकार दबई पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दामोदर दाहाल, युएई । नेपाली नयाँ बर्ष २०७४ को विशेष अवसरमा काभ्रे सेवा समाज युएईले अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा लागि नेपाली कलाकारहरु दुई पुगेका छन् ।

समाजले अप्रिल १४ अर्थात बैशाख १ गतेको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४’ को आयोजना गर्दैछ । काभ्रे सेवा समाज युएईको निमन्त्रणामा कलाकारहरु गायक तथा संगीतकार बिश्व दोङ, चर्चित नायिका मोडेल तथा आईटम डान्सर रिया श्रेष्ठ, लोक तथा आधुनिक गायिका रिता केसीलगायत दुबई पुगेका हुन् ।

लामो समयदेखि कलाकारितामा पोख्त भएका कलाकार बिस्व दोङले दर्जनांै तामांग सेलो, आधुनिक, लोक गीतमा गायन तथा संगीत भर्ने काम गरेका छन् भने बिशेष गरेर तामांग सेलो गीतको चर्चित संगीतकार भनेर चिनिएका छन । लोक गीतबाट गायत यात्रा थालनी गरेकी गायिका रीता केसी पछिल्लो समयमा आधिनिक गीतहरुमा धेरै ब्यस्त छिन् ।

उनी अहिलेकीे ब्यस्त आधुनिक गायिका मध्यमा पर्छिन् । त्यसैगरि अहिलेको आइटम गीतहरुमा कामुक नृत्य गरेर आफूलाई स्थापित गरेकी नायिका तथा मोडल रिया श्रेष्ठले दर्जनौंम्युजिक भिडियो, स्टेज कार्यकममा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । उनले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, त्रिस्णा, लाल्टिन जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।

दुबईको देरास्थित कालटर्न टावर होटलमा अप्रिल, १४ तारिक दिउसो २ः ३० बजेखि कार्यक्रम आयोजना गरि आयोजकले जनाएको छ । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु सदाबाहर गायक गोपिकृष्ण पंगेनी, गायक निश्चल श्री, सन्ध्या सुस्केरा, डिबी समर्पण, नबगायक प्रबेग दोङ, हास्यकलाकार ईन्द्र सिन्चुरी, डान्सर रोसनी सुब्बा, सोनी राना मगर, अञ्जुली लोप्चन लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

कार्यक्रमको सञ्चालन बलराम बस्नेतले गर्ने सस्थाका अध्यक्ष दिलकुमार लामाले जानकारी दिए । कलाकारीहरुले कार्यक्रममा सहभागी हुन सबैलाई आमन्त्रण गरेका छन् ।