१ कार्तिक २०८३, आइतबार

उत्तर अमेरिका तामाङ सम्मेलन न्युयोर्कमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको न्युयोर्क शहरमा ‘उत्तर अमेरिका तामाङ सम्मेलन’ आगामी सेप्टेम्बर २ देखि ४ सम्म हुने भएको छ ।

तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरिका तामाङ संघ–संस्थाको प्रतिनिधि एंव बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भेलाले तमाङ सोसाइटी अफ अमेरिकाको बर्तमान अध्यक्ष शान्तबाबु थोकरको सन्योजकत्वमा २५ सदस्य तदर्थ समिती गठन गरी आगामी मे २१,२२ २०१७ मा सम्पन्न गरिने निर्णय गरेको थियो ।

पर्याप्त समय नभएको कारण गत अप्रिल ९ आइतबार संयोजक शान्ताबाबु थोकर को अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठकले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्युयोर्क शहरमा सांस्कृतिक कार्यक्रमसहितको प्रथम उत्तर अमेरिका तामांग सम्मेलन भव्यताको साथ सम्पन्न गरिने गरी बिभिन्न उप समितीहरु गठन गरिएको छ ।

सम्मेलनमा नेपाल लगायत अन्य देशका तामाङ संघ संस्थाका प्रतिनिधि एवं तमाङ व्यक्ति ब्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिनेछ ।

३ तीन दिने उक्त्त सम्मेलनमा पहिलो दिन उद्घघाटन सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको बिषयमा र तमाङ भाषा धर्म र संस्कृतिको बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई आमन्त्रन गरी छलफल गरिनेछ ।