१ कार्तिक २०८३, आइतबार

अमेरिकाको राष्ट्रिय तेक्वान्दोका लागि खेलाडीलाई छनौट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


वाटरफोर्ड मिचिगन २९ चैत । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेका स्कुलका खेलाडी छनौट भएका छन् ।

हालै सम्पन्न मिचिगन राज्य स्तरिय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण, पाँच रजत तथा चार कास्य पदक जितेको स्कुलका संचालक एवं प्रमुख प्रशिक्षक लभप्रसाद गोर्खालीले बताए ।

सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ७५ जना जति खेलाडीलाई गोर्खाली लगात अन्य दुई प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।
खेलाडीहरूको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै सचालक एवं मुख्य प्रशिक्षक गोर्खालीले राष्ट्रिय प्रतियोगिताका लागि आफूहरूले अझ मिहिनेत गर्ने बताए ।

‘छनोट खेलका रुपमा रहेको मिचिगन राज्य स्तरिय प्रतियोगितामा खेलाडीहरूले प्राप्त गरेको सफलतामा हामी स्वाभाविक रुपमा खुसी छौँ । तर यो उपलब्धिले राष्ट्रिय प्रतियोगितामा सफलता हसिल गर्ने चुनौति थपि दिएको छ र त्यसका लागि हामी तयार छौँ ।’ गोर्खालीले भने ।
उक्त प्रतियोगितामा दुई नेपाली खेलाडी विप्लव खरेल र अनमोल गोर्खाली पनि छनोट भएका छन् । प्रशिक्षककको जिम्मेवारी अमूल गोर्खालीले निर्वाह गरेको स्कुलले जनाएको छ ।