काठमाडौं, २६ चैत । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अब कसैले पनि बाहानाबाजी गरेर चुनाव रोक्ने दुस्साह गरे पनि त्यो सम्भव नहुने बताएका छन् । आज नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं २ कागेश्वरी मनहरा नगर समितिले चुनाव प्रचार–प्रसारका लागि आयोजना गरेको मोटरसाइकल र्यालीको शुभारम्भ गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
बैशाख ३१ को निर्वाचन कुनै हालतमा तलमाथि नहुने ठोकुवा गर्दै उनले असहमत दलहरुलाई पनि सहमतिमा ल्याउने काम भइरहेको जानकारी दिए । बाहिर हल्ला अनेकथरि आइरहेपनि अब चुनावको विकल्प नभएको उनलेको भनाई । उनले कांग्रेस पनि निर्वाचनमा होमिसकेको बताए । चुनाव गराउन नसक्दा मुलुक संकटमा फस्ने भएकाले राजनीतिक निकास र ब्यवस्थाको रक्षाकाका लागि पनि चुनावनै एक मात्र बिकल्प भएको प्रष्ट्याए ।
त्यस्तै, काँग्रेसको नेतृत्वमा आएको संविधान कार्यान्वयनको प्रमुख जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको बताउँदै उनले अब सबै कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन समेत दिए ।












प्रतिक्रिया