६ मंसिर २०८३, आइतबार

को होलान् यी ? अस्पतालमा बेवारिसे छ शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काडमाठौं, २५ चैत । गत आइतबार काठमाडौंको टोखामा घाइते अवस्था फेला परेका नाम, थर नखुलेका एक व्यक्तिको उपचारका क्रममा निधन भएको छ ।

चैत २० गते आइतबार राति २ बजेको समयमा टोखा नगरपालिका–१२ बानियाटारमा घाइते अवस्थामा फेला परेका ती व्यक्तिको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

मृतकको नाम, थर, ठेगाना नखुलेका कारण शवको सनाखत हुन नसकेको महानगरीय अपराध महाशाखाले जनाएको छ । शवको सनाखतका लागि आफन्तका खोजी भइरहेको ती व्यक्तिको बारेमा प्रचार–प्रसार गरि सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

मृतकले फिका निलो रंगको फुल बाउला भएको टिसर्ट, गाढा निलो हाफ ज्याकेट, आकाशे रंगको गन्जी, खरानी कलरको साईडमा रातो धर्का भएको एडिड्यास लेखिएको ट्राउजर लगाएको छ । उनी अन्दाजी ४० देखि ४५ वर्षको रहेको प्रहरीले जनाएको छ ।