२९ आश्विन २०८३, बिहिबार

मेरो मन्त्रालय बदनामीको पक्षमा छैन: मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-basnet

काठमाडौं, १३ असोज । उद्योगमन्त्री महेश बस्नेतले उद्योग मन्त्रालय विगतको जस्तो वदनाम निजीकरणको पक्षमा नभएको बताउनुभएको छ ।

उद्योग मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले विगतमा जस्तो बदनाम हुने गरी उद्योगहरुलाई निजीकरण नगरिने बताउनुभयो । ‘निजीकरणको नाममा सरकारले आफ्ना संस्थानहरु पूर्णरुपमा निजी क्षेत्रलाई छोड्दैन । संस्थानहरुलाई निजीकरण गर्दा ५१ प्रतिशत हिस्सा सरकारकै हुनुपर्ने मेरो अडान छ ।,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘त्यसो गर्न सकिएन भने कम्तीमा १५ देखि २० प्रतिशत लगानीको हिस्सा सरकारले छोड्नु हुँदैन ।’

मन्त्री बस्नेतले लामो समयदेखि बन्द नेपाल औषधि कम्पनी लिमिटेडलाई उद्योग मन्त्रालयले नै सञ्चालन पहल गरेको जानकारी दिनुभयो । तर, त्यसका लागि अर्थ मन्त्रालयले सहयोग नगरेको उहाँको गुनासो छ ।

उद्योग मन्त्री बस्नेतले पेट्रोलियम कम्पनी उत्खननको इजाजत पाएका दुई वटा विदेशी कम्पनीको इजाजत खारेज गर्न लागेको जानकारी दिनुभयो ।

विराटनगरको १० नम्बर ब्लग मा पेट्रोलियम पद्धार्थको अन्वेषण र उत्पादन गर्ने इजाजत पाएको अमेरिकी कम्पनी बीबीबी च्याम्पेन र राजविराज तथा जनकपुर क्षेत्रको ब्लग नम्बर ९ मा इजाजत पाएको इरिमेट्स एसोसिएट बिजनेस ग्रुपको इजाजत खारेज गर्न लागेको मन्त्री महेश बस्नेतले जानकारी दिनुभयो । इजाजत लिएर काम नगरिबसेकाले खारेजी गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।