६ मंसिर २०८३, आइतबार

प्रचण्डलाई लक्षित एमाले युवा नेताको ट्वीट- धोका दिनेले धोका खान्छ भन्थे हो रैछ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेकपा एमालेका युवा नेता एवं संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले सरकार अनावश्यक कुरामा अल्झिएर खेलाची गरिरहेको आरोप लगाएका छन् ।

उनले एमालेलाई धोका दिने प्रधानमन्त्री प्रचण्ड अहिले आफै धोका खाइरहेकोतर्फ संकेत गर्दै भनेका छन्– ‘धोका दिनेले धोका खान्छ भन्थे हो रैछ !’ अधिकारीले प्रचण्ड कांग्रेसबाट धोका खाइरहेको संकेत गरेका हुन् ।

उनले उपप्रमको वरियता र आईजीपीको टुंगो लगाउन नसकेर सरकार बैठक सारिरहेको र सबै कुरामा निर्णय हिनता देखिएको भन्दै स्थानीय चुनावको तयारी गर्नुपर्ने बेलामा खेलाची नगर्न सचेत समेत गराएका छन् ।

उनले ट्वीटरमार्फत अगाडि भनेका छन्– ‘सरकार बैठक गर्न नसकेर सारिरहेको छ ! आइजीपी र उपप्रमको बरियता सबैकुरामा निर्णय हिनता, स्थानीय चुनाबको तयारी गर्नुपर्ने बेलामा यस्तो खेलाची !’