काठमाडौं, २४ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूलाई पन्छाएर कमल थापालाई वरिष्ठ उपप्रधानमन्त्री बनाए सैह्य नहुने चेतावनी दिएका छन् ।
आज (विहिबार) मन्त्रिपरिषदको नियमित बैठक बस्न लाग्दा कसलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउने भन्नेबारे बहस भइरहेका बेला निधिले आफूलाई तल पारिए स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
संसदको सबै भन्दा ठूलो दल कांग्रेसको नेता भएको र सरकार गठनदेखि नै आफू वरियतामा माथि रहेकाले त्यो कायम रहनुपर्ने निधिको अडान छ । निधिले आफूलाई तल पारिए राजीनामा दिने खबरहरु समेत आइरहेका छन् ।
बुधबार साँझ बीबीसी नेपालीसँग कुराकानी गर्दै गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले भनेका थिए – ‘कमल थापालाई वरियतामा माथि राख्ने कदम उहाँ (विमलेन्द्र निधि)लाई स्वीकार्य छैन् । यो कुरा पार्टी सभापति (शेरबहादुर देउवा र प्रधानमन्त्री (प्रचण्ड)ज्यूलाई पनि भनिसक्नुभएको छ ।’
यता सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले वरियतामा कसलाई माथि राख्ने भन्ने सबै पक्ष (देउवा र सत्तारुढ दल)सँग छलफल भइ प्रधानमन्त्री टुंगोमा पुगिसकेको बताए । ‘कसलाई वरिष्ठ बनाउने भन्ने विषयमा प्रधानमन्त्रीज्यू टुंगोमा पुगिसक्नुभएको छ । यो विवाद अब साम्य हुन्छ ।’
उपप्रधानमन्त्रीबीचको वरियता विवादले लामो समयदेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन् भने चीन भ्रमणमा जाँदा प्रधानमन्त्रीले कावा प्रम तोक्न सकेका थिएनन् ।












प्रतिक्रिया