६ मंसिर २०८३, आइतबार

आईजीपी प्रकरणमा कांग्रेस र शेरबहादुर देउवाविरुद्ध आजदेखि सर्वाेच्चमा बहस हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेपाली कांग्रेस र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतलाई विपक्षी बनाई २० गते आइतबार दायर अदालतको अवहेलनाको मुद्दाको बहस आज हुने भएको छ । पेसी २२ गते तोकिएको भएता पनि सो दिन अदालतले प्रकाशित गरेको दैनिक पेशीसूचीमा उक्त मुद्दा स्थगितमा राखिएको थियो र आज पेशी तोकेको थियो ।

आज पेसी भनी समय तोकी पाएका मुद्दामा आज नै प्रधानन्यायाधीशले बेन्च गठन गर्ने र आज पेसी तोकिएका मुद्दाको सुनुवाइको लागि बेन्च तोक्ने वा हेर्न नभ्याइने मुद्दाहरु स्थगित सूचीमा प्रकाशित गर्ने हुन्छ । यसरी बेन्च र बेन्चमा तोकिएका मुद्दाको निर्धारण प्रत्येक दिन विहान १०ः३० को समयमा सर्बोच्च अदालत लगायत देशभरका सम्पूर्ण मातहतका अदालतमा गर्ने गरिन्छ ।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्ति पृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको र सो पार्टीका सभापति शेरबहादुर देउबाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएर बोलेको हुदा विपक्षी राजनीतिक दल सरकारमा समेत रहेको हुदा उक्त कार्यले अदालतको फैसला कार्यान्वयनमा शंका उत्पन्न भएको साथै आदालतको औपचारीक र अनौपचारिक टिप्पणीले अदालतको सामाजिक प्रतिष्ठामा आँच आएको र जनमानसमा अदातलको कार्य र अदालतप्रतिको विश्वसनियता कमजोर बनाएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले उक्त निवेदन दर्ता गरेका थिए ।

अदालतको अवहेलना मुद्दा दायर भएपश्चात एकल इजलासमा सुनुवाई गरी अवहेलना मुद्दा अपराध र देवानी दुबै प्रकृतिको हुनसक्ने हुँदा पहिलो पेशीबाट अदालतले मुद्दाको अवस्था निर्धारण गर्ने र प्रक्रिया अघिबढाउने हुन्छ । अवहेलना मुद्दामा विपक्षी अभियुक्तलाई नियन्त्रणमा लिई थुनामा राखी बयान प्रक्रिया वा लगायतको कार्यविधि अदालतले अघी बढाउन सक्दछ । अवहेलना ठहरेमा १ वर्ष सम्म कैद, १ लाख रुपयाँ सम्म नरिवाना वा दुबै सजाय हुनसक्छ ।