६ मंसिर २०८३, आइतबार

‘प्रचण्ड’ले बोलाए माओवादीको केन्द्रीय कार्यालय बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आफ्नो दल माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बोलाएका छन् ।

स्थानीय निर्वाचनको तयारी र मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप भइरहेका गतिविधिका विषयमा पनि बैठकमा छलफल हुनेछ । स्रोतका अनुसार वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गरिनेछ ।

मधेसी मोर्चाले आन्दोलन विथोल्ने गरेर दिएको चेतावनी र असन्तुष्ट समूहहरूको विभिन्न आन्दोलनले चुनाव विथोलिने खतरा बढिरहेका बेला प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय कार्यालयको बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रको बैठक अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।