६ मंसिर २०८३, आइतबार

एमालेसँग एकीकरण होइन, चुनावी तालमेल हुन्छ : सीपी मैनाली

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेकपा (माले)का महासचिव सीपी मैनालीले एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जान सकिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मैनालीले भने, ‘स्थानीय तहको निर्वाचनमा वामपन्थी उम्मेदवारहरूलाई विजयी बनाउन एमाले र मालेबीच तालमेल हुन सक्छ । दुई पार्टीबीच तालमेल आवश्यक छ ।’ महासचिव मैनालीले एमालेसँग तत्काल पार्टी एकता भने नहुने बताए ।

एमाले र मालेबीच पार्टी एकता कहिले हुन्छ भन्ने प्रश्नको जवाफमा मालेका महासचिव मैनालीले भने, ‘एमालेसँग तत्काल पार्टी एकीकरण हुँदैन । पार्टी एकता हुँदै छ भन्ने हल्लामा कुनै सत्यता छैन । बरु चुनावमा तामेल भने हुन सक्छ ।’

मैनालीले स्थानीय तहको चुनावका लागि एमालेबाहेकका दलहरूसँग पनि चुनावी तालमेल हुने बताए ।