६ मंसिर २०८३, आइतबार

ओखलढुंगामा एमालेलाई क्षति पुग्यो, स्थानीय नेताले पार्टी छाडे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओलखढुंगा, २५ चैत । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा ओखलढुंगा जिल्लामा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार शेरना र बुधबार तलुवामा भएका अलग–अलग दुई कार्यक्रममा एमालेका स्थानीय नेता रत्नबहादुर कटुवालसहित एकसय बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको सांसद रामहरि खतिवडाले जानकारी दिए । कटुवाल तलुवाका चर्चित नेता हुन् ।

एमाले, माओवादी केन्द्र, राप्रपालगायतका नेता तथा कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्नका लागि आफूसँग सम्पर्क गरिरहेको खतिवडाले दाबी गरे ।

उनले भने, ‘स्थानीय तहको चुनावको माहोल बढ्दै गर्दा ओखलढुङ्गामा कांग्रेसप्रति अन्य दलका नेता तथा कार्यकर्ताको आकर्षण बढ्दै गएको छ ।’