काठमाडौं, २३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कांग्रेस जाजरकोटका युवा नेता एवं नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्यामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको भन्दै कार्यकर्ता पक्राउ राज्यको दुरनियत रहेको टिप्पणी गरेको छ ।
सचिव धुव्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘शाहमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नभएको प्रष्टिकरण जिल्ला पार्टीबाट घटना लगत्तै सार्वजनिक भइसकेको छ । सो कुरा जानकारी हुँदाहुँदै पार्टीको नाम जोडेर थप प्रचार गरिनु पार्टीप्रति राज्यको दुरनियत रहेको स्पष्ट हुन्छ ।’
विज्ञप्तिमार्फत विप्लव माओवादीले घटनासँग कुनै सम्बन्ध नभएका पार्टीका कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको भन्दै उनीहरुको तत्काल रिहा गर्न माग समेत गरेको छ ।











प्रतिक्रिया