३१ आश्विन २०८३, शनिबार

नेपालमा ८ हजार मेघावाट विद्युत् उत्पादन कार्यको सुरुवात: ऊर्जामन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २३ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

आज बिहान यहाँ ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पुर्याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उहाँको दाबी थियो ।

सिंहदरबारको अधिकार गाउँ/गाउँसम्म पुर्याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो ।

उहाँले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिनुभयो ।

सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उहाँले बताउनुभयो । रासस