६ मंसिर २०८३, आइतबार

‘प्रचण्ड’ले डन र तस्करसँग मिलेर सरकार चलाए : बाबुराम

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डन र तस्करहरूको आडमा राज्यसत्ता चलाएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै भट्टराईले भने, ‘प्रचण्डजीले डन र तस्करहरूको आडमा सरकार चलाउनु भएको छ । राजनीतिक संस्कार उहाँमा कत्ति पनि छैन ।’ उनले प्रचण्डलाई पुराना शक्तिहरूसँग मिलेर आन्दोलनका उपलब्धी समाप्त पार्न खोजेको आरोप लगाए ।

एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राखेका भट्टराईले भने, ‘प्रचण्ड नयाँ शक्ति पार्टीसँग डराएर हामीलाई रोक्न नयाँ व्यवस्था गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष मसँग डराएका छन् ।’