भक्तपुर, १३ असोज । उद्योगमन्त्री महेश बस्नेतले बन्द भएका वीरगन्ज चिनी कारखाना, नेपाल औषधि लिमिटेड र गोरखकाली रबर उद्योग केही महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
कैलाशमार्ग टोल सुधार समिति थिमिले सिद्धार्थ विद्यापीठ गठ्ठाघरमा सोमबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बन्द उद्योग सञ्चालन गर्न अर्थ मन्त्रालयले बजेट नदिए पनि सञ्चालनमा ल्याउने दृढता प्रकट गर्नुभयो ।
रु ११ करोड बराबरको सेयर किनेर बन्द भएको नेपाल औषधि लिमिटेडको सेयरका लागि युवालाई सहभागी गराइने बताउँदै उहाँले नेपाली उद्योगको जर्जर अवस्थालाई उकास्ने र नयाँ उद्योग थप्ने काम जबसम्म हुँदैन तबसम्म देशको आर्थिक अवस्थामा सुधार आउन सक्दैन भन्नुभयो ।
औद्योगिक व्यवस्थापन ऐन, वैदेशिक नीति ऐन, बौद्धिक सम्पत्ति संरक्षण ऐनलगायत नौ वटा ऐन तत्काल बनाउन र सुधार्न आवश्यक रहेको उहाँले आँैल्याउनुभयो ।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पाल्पाली ढाकालगायत नेपाली खाडीका लुगालाई प्राथमिकता दिन हरसम्भव प्रयास गरिने पनि उहाँले बताउनुभयो ।













प्रतिक्रिया