काठमाडौं, २२ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै मधेसबादी दलहरुले भाग लिने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको दलहरुको सूचीअनुसार हाल निर्वाचनको विरोध गरिरहेका सबै मधेशी दलहरु पनि समावेश छन् ।
आयोगले निर्वाचनका भाग लिन पाउने ८० वटा दलहरुको सूची सार्वजनिक गरेको छ । जुन सूचीमा निर्वाचनका लागि सहभागी हुन दर्ता भएका दलहरु मात्रै छन् ।
संविधानको धारा २७१ को प्रावधान अनुसार निर्वाचन आयोगले फागुन १५ देखि १८ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता आह्वान गरेको थियो । यस्तै, हाल चुनाव विथोल्ने अभियानमा सक्रिय रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि स्थानीय चुनावका लागि आयोगमा दर्ता भएको छ ।
निर्वाचन आयोगमा दर्ता हुने जम्मा दलहरुको संख्या भने ११० छ । निर्वाचनमा ८० दलले सहभागिता जनाउन पाउने भए पनि निर्वाचन चिह्न भने २६ दलले मात्रै पाउने छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ ले हाल संसदमा रहेका दललाई मात्रै दलीय हैसियत दिए पनि अन्य दलले स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने छ ।
आयोगले सार्वजनिक गरेको सूचीः













प्रतिक्रिया