२० कार्तिक २०८३, शुक्रबार

छाउपडी गोठमा जलेकी किशोरीको उपचार हुन सकेन्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डिलबहादुर सिंह

डोटी, २२ चैत । डोटीको गाजरीमा छाउपडी गोठमा सुतेको बेला आगोले जलेकी एक किशोरीको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । डोटीको पुर्वीचौकी गाउ पालिका वडा नं. ६ साबिकको गाजरी गाबिस वडा नं.४ पालेवन स्थित छाउपडी गोठमा आगोले जलेर घाईते भएकी किशोरीको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । दुई महिना अगाढी महिनावारी हुदा घर देखि टाढा अलग्गै छाउ गोठमा सुतेकी १६ बर्षिया डम्मरा कुंवरले न्यानोको लागी बालेको आगोले शरिर जलेको थियो । आगाले पोल्दा कारण डम्मरा गम्भिर घाईते भएकी थिईन ।

पिडित किशोरीको घरायसी आर्थिक अवस्था कमजोर छ । आर्थिक अभावको कारणले उपचार गर्न नसक्दा घाउ पालेर बस्न बाध्य भएकी छिन । घाउ निको हुनुको साटो बल्झिदै गएको छ । यस क्षेत्रमा अझै पनि महिलाहरु महिनावारी हुदा घर देखि टाढा अलग्गै सानो गोठ जस्तो ठाउमा सुत्ने परम्परा कायमै रहेको छ ।

पिडित किशोरीका बुवा नरबहादुर कुवंरका अनुसार उपचारका लागी अछाम स्थित बयलपाटा अस्पताल लगिएको भए पनि उपचार हुन सकेन । डाक्टरले थप उपचारका लागी जिल्ला बाहिर ठुलो अस्पतालमा लैजानु पर्ने भने पनि आर्थिक अभावका कारण घरेलु उपचारमा जोड गरियो । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नसकेको हो । नरबहादुरले भन्नु भयो – पैसा धेरै लाग्ने भन्ने सुने पछि थप उपचारका लागी अरु ठाउमा लैजान सकेनौ । अहिले त घाउ झन झन बढी रहेको छ ।

किशोरीको एक हात जलेको छ, भने गर्मिले बढ्दै जादा घाउ समेत बढी रहेको छ ।

आगोले पोलेको घटना दुई महिना भन्दा अगाढीको भए पनि बाहिर आउन सकेको थिएन । डोटी स्थित सामुदायिक बिकास मञ्च नेपालमा कार्यरत सव ईन्जिनियर रामबहादुर बोहराले फेसवुकमा पिडित किशोरीको फोटो हाले पछि घटना बाहिर आएको हो । जाडोको समयमा आगो बालेर सुतेको कति वेला शरिरमा सल्के छ थाहै भएन । पिडित किशोरीले शरिरमा आगोले पालेको घाउ देखाउदै भनिन –गर्मि शुरु भयो अहिले झन पिडा हुन थालेको छ । बिद्यालय पनि जान सकेको छैन ।

पीडित किशोरीको एउटा हात पुर्ण रुपमा जलेको छ । उनि स्थिानीय शिशु सुधार आधारभुत बिद्यालयमा कक्षा ८ मा अध्यायनरत छिन् । पिडित किशोरीकी आमाले बिभिन्न निकायमा सहयोगको लागी आग्रह गर्नु भयो । जिल्लामा छाउपडि र लैंगिक हिंसा बिरोधी अभियान चलिरहेको छ ।