१ कार्तिक २०८३, शनिबार

कैलाश मानसरोवरको यात्रा सकेर फर्किए उपराष्ट्रपति झा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paramananda-Jhaकाठमाडौं, १३ असोज । उपराष्ट्रपति परमानन्द झा प्रथम चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा विशेष अतिथिका रूपमा भाग लिई सोमबार स्वदेश फर्किनु भएको छ ।

उपराष्ट्रपति झालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, ऊर्जामन्त्री राधादेवी ज्ञवाली र मुख्यसचिव लीलामणि पौडेललगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपराष्ट्रपति झाले यस वर्षको मेलामा नेपाललाई मात्र निम्त्याइएको र अर्को वर्षदेखिका कार्यक्रममा अरू देशलाई पनि निम्त्याउने जानकारी दिइएको सुनाउनुभयो ।

तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले आयोजना गरेको मेलामा उपराष्ट्रपति झालाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो । मेलापछि उपराष्ट्रपति झाले कैलाश मानसरोवरको यात्रासमेत गर्नुभएको थियो ।

उपराष्ट्रपतिको भ्रमण दलमा उहाकी धर्मपत्नी, उपराष्ट्रपति कार्यालयका सचिव राजकुमार मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायतका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

मेलामा भाग लिन उपराष्ट्रपति झा असोज ८ गते तिब्बतको ल्हासातर्फ प्रस्थान गर्नुृभएको थियो।