काठमाडौं, २२ चैत । डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।
स्रोतका अनुसार उनले गृहमा निवेदन दिँदै सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका हुन् । उनले सर्वोच्चको फैसलाको कपी समेत पेश गरेका छन् । सर्वोच्च फैसला कार्यान्वयन भए सिलवाल सिधै आईजीपी बन्नेछन् ।
तर, सरकार उनलाई कुनै हालतमा आईजी नबनाउने रणनीतिमा छ ।
यसअघि सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो । तर, यो कार्यान्वयन भएको छैन् ।












प्रतिक्रिया