२० कार्तिक २०८३, शुक्रबार

गोरु काटेको अभियोगमा ६ जना पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, २२ चैत । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–९ बस्ने ४२ बर्षीय मन बहादुर घर्तिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरुले सोमबार सोही ठाउँस्थित बलु बिकको खाली गोठमा गोरु काटेका थिए । प्रहरीले घटनास्थलबाट घन १ थान, बन्चरो १ थान र २ थान खुकुरी समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।