बारा, १३ असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी विभिन्न अड्को थापेर संविधान नबनाउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।
दसैंको अवसरमा नेकपा एमाले बाराले औराहामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले संविधान निर्माणमा एमाओवादी बाधक बनेको आरोपसमेत लगाउनु भयो ।
उहाँले एमाओवादीलाई जनताले तेस्रो स्थानमा पुर्याएको भन्दै त्यस्तो पार्टीले राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने कुनै हैसियत नभएको पनि दाबी गर्नुभयो ।
‘जनताले जुन स्थान दिएका छन्, त्यही स्थानमा बसेर काम गर्नुभपर्छ,’ उहाँले भन्नुभयो, ‘जनताको म्यान्डेट बाहिर गएर राष्ट्रिय राजनीतिको नेतृत्व गर्छु भन्नु हास्यास्पद कुरा हो ।’
दलहरु संविधान निर्माणमा जुट्नुपर्ने बताउँदै नेता नेपालले जसरी पनि माघ ८ मा संविधान जारी गरिछोड्नुपर्ने बताउनुभयो ।















प्रतिक्रिया