काठमाडौँ, २१ चैत । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलभित्र चितुवा पसेपछि उड्नै लागेका जहाजलाई रोकिएको छ ।
आज विहान ७ बजे विमानस्थलको धावनमार्गमा चितुवा देखा परेपछि विमानस्थलको सेवालाई बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ । र, केही उडानहरु समेत प्रभावित भएका छन् ।
अहिले विमानस्थलभित्र पसेको चितुवाको खोजी भइरहेको छ । प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन् । नियमित गन्तव्यका लागि यात्रु आएपनि चितुवा देखिएका कारण विमानस्थलको सेवा ठप्प भएको छ ।
यसअघि चरा र कुकुरले विमानस्थलमा अवरोध गर्दै आएका छन् ।












प्रतिक्रिया