३१ आश्विन २०८३, शनिबार

‘पप्पु कान्ट डान्स’ जस्तै भयो लालबकैया नदीको पुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २१ चैत । निर्माण कार्यले गति नलिँदा रौतहटको सदरमुकाम गौर–औरैया जोड्ने लालबकैया नदीको पुल निर्माणको कार्य अलपत्रमा परेको छ ।

रौतहटको औरैया लगायत दर्जन बढी गाउँलाई सदरमुकाम गौरसँग जोड्न गौरको टिकुलियाघाटस्थित लालबकैया नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो । तर, पुलको निर्माण कार्य सुस्त भएका कारण समयमा काम सम्बन्न हुनेमा आशंका बढेको छ ।

२०७४ असार २५ गते निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेपनि हालसम्म एक चौथाई पनि काम सम्पन्न भएको छैन् ।

हस्तान्तरण गर्ने समय नजिकिँदै जाँदा पनि पुल निर्माणको कार्यमा देखिएको ढिलाइले औरैया, बञ्जरहा, मठिया, जोकाहा, जटहरा लगायतका एक दर्जन गाउँका स्थानीय चिन्तित बनेका छन् ।

२५ असार २०७४ भित्र निर्माण कार्य सम्पन्न गरी पुल हस्तान्तरण गर्न २ करोड ३७ लाख ८ सय ३० रुपैयाँको लागतमा पप्पु कन्स्ट्रक्सनले २९ असार २०७१ मा ठेक्का सकार गरेको थियो ।