१४ कार्तिक २०८३, शनिबार

बाबुराम भट्टराईका खास मान्छेले पार्टी छाडे

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।

स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

सहसंयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् ।

नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।