१ कार्तिक २०८३, शनिबार

अमेरिकावासी नेपालीलाई प्रधानमन्त्रीले भने–संविधान जलाएर के हुन्छ ? माग पूरा हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

88

न्यूयोर्क (संयुक्त राज्य अमेरिका) १२ असोज । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासको पक्षमा बन्दै गएको राम्रो वातावरणलाई नविगार्न अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले शनिवार साँझ न्यूयोर्कको क्वीन्सस्थित सामुदायिक भवनमा अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री कोइरालाले गणतन्त्र सहितको संघीय लोकतान्त्रिक व्यवस्थामा महिला हक अधिकार, समावेशीता जस्ता अधिकार प्राप्त भैसकेको बताउदै भन्नुभयो, यति लामो र ठूलो संघर्षले यत्रो ठूलो परिवर्तन भएको छ, त्यसलाई जोगाएर संस्थागत गर्नुपर्दछ ।

उहाँले अहिलेसम्म प्राप्त उपलब्धी त्यसै खेर जान नसक्ने बताउदै प्रश्न गर्नुभयो, संविधान  जलाएर के हुन्छ ? माग पूरा हुन्छ ? संविधान नजलाउने स्थितिको पो सिर्जना गर्नुपर्यो । म नेपालमा भन्दा यहाँ पो उग्रता देख्छु । प्रधानमन्त्री कोइरालाले सर्वस्वीकार्य  संविधान  निर्माणका लागि नै सबै राजनीतिक दलहरु चिन्तित रहेको बताउदै भन्नुभयो, उत्तेजित भएर बनिरहेको राम्रो माहोल नविगारौँ ।

प्रधानमन्त्री कोइरालाले अब मुलुकले द्धन्द्ध र विध्वंस धान्न नसक्ने बताउदै भन्नुभयो, द्धन्द्ध र विध्वंशले नेपाल बन्दैन, कसैको हक अधिकार रहदैन, हामी तरबारको धारमा छौ ।

प्रधानमन्त्री कोइरालाले मुलुक सकारात्मक दिशामा गएको पनि बताउनु भयो । उहाँले प्रजातन्त्रको अभावकै कारणले नेपालको ६०–६५ बर्षको विकास प्रयास सार्थक हुन नसकेको बताउदै भन्नुभयो, देशमा प्रजातन्त्र, शान्ति, स्थायित्व हुन नसक्दा हाम्रा विकास प्रयास सार्थक हुन सकेनन । ६०–६५ बर्ष खेर गए ।

प्रधानमन्त्री कोइरालाले नेपाल विकासतिर अग्रसर भएको भएको बताउनुभयो । उहाँले संविधानका बारेमा गरिएको शंसयलाई फजूल भन्दै भन्नुभयो, हामीलाई विश्वास हुनु पर्यो । संविधान आउँछ । लोकतान्त्रिक संविधान आउछ ।त्यसमा महिला, दलित, विपन्न, पिछडिएका सबै जातजाति भाषा धर्म सम्प्रदायका नागरिकहरुको हक अधिकार सुरक्षित रहन्छ ।

उहाँले नेपालमा भएका ऐतिहासिक परिवर्तन शान्तिपूर्ण संक्रमणलाई पनि सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,त्यत्रो गणतन्त्र आएको छ , माओवादी जस्तो सशस्त्र विद्रोहमा लागेको पार्टी शान्तिपूर्ण रुपमा लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै चुनावको माध्यमबाट राजनीतिक मूलधारमा आएको छ । यसलाई त सकारात्मक रुपमा लिऔं ।

प्रधानमन्त्री कोइरालाले हाम्रा प्राकृतिक स्रोत साधनहरुको उपयोग गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । प्रकृतिको यत्रो देन छ । ब्राजिल पछिको जलस्रोतमा दोस्रो धनी भनेर थोत्रो गर्व गरेर काम छैन । प्राकृतिक स्रोतको उपयोग गरौ । पानी वगिरहेको छ । डलर बगिरहेको छ । हामी गरिबीले थिचिरहेका छौ । हाम्रा प्राकृतिक स्रोतको उपयोग गरौ ।

आपसी झगडा र कलहले हाम्रो ऊर्जा क्षय भएको बताउदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, राम्रो कामको सराहना गरौँ । नेपाल अगाडि बढ्छ । धेरै दुःखपायौँ । नकारात्मक कुराले केही प्रतिफल पाइँदैन । प्रधानमन्त्री कोइरालाले जनताको हक अधिकार लागि लडेको बताउदै भन्नुभयो वार्ता सहमति   एकता र मेलमिलापका आधारमा नै संविधान ल्याइनेछ  ।

 

89

उहाँले माओवादी लडाकूको व्यवस्थापन र शान्तिप्रकृयाका सम्बन्धमा पनि बाहिरबाट शंसय गरेपनि टुंगोमा पुगेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेकोले शान्ति र स्थायित्व कायम भएपछि विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो आवश्यकता र चाहाना पनि शान्ति, स्थायित्व,लोकतन्त्र लोकतान्त्रिक संविधान  र विकास हो । अब मुलुकको विकास हुन्छ । कसैले छेक्न सक्दैन ।

प्रधानमन्त्री कोइरालाले नेपाल बाहिर बस्ने हरेक नेपाली नेपालको  राजदूत भएको स्मरण गराउदै आफ्ना सम्पर्कमा आएका लगानी कर्तालाई, जलविद्युत, पूर्वाधार, कृषि पर्यटन जुनसुकै क्षेत्रमा लगानीका लागि नेपाल ल्याउन पनि आग्रह गर्नुभयो ।

गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नर्वदा क्षेत्रीले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रममा न्यूयोर्क जनसम्पर्क समितिले २ लाख २५सय डलर रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग स्वरुप हस्तान्तरण भएको थियो। त्यस्तै न्युजर्सी निवासी सौर्य र आर्य बरालले व्यक्तिगत तर्फबाट कोषमा ८सय ७५ डलर प्रदानगर्नुभएकोथियो ।

कार्यक्रमा बंशी लाल तामाड.ले सिन्धुको पहिरोमा परेको वनसाँघु विद्यालय निर्माणकोलागि ३५हजार ४सय डलर प्रदान गरिएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलेपनि संबोधन गर्नुभएको थियो । उहाँले न्यूयोर्कमा पनि कन्सुलर सेवा छिटै शुरु हुने बताउनुभयो ।