३१ आश्विन २०८३, शनिबार

उद्योग वाणिज्य महासंघमा गोल्छा समूहको उम्मेदवारी दर्ता, चन्द्र ढकाल निर्विरोध !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि लागि शेखर गोल्छा समूहले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेको छ ।

आइतबार टेकुस्थित महासंघको कार्यालय पुगेर गोल्छा समूहले प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो । महासंघको आगामी कार्यकालका लागि गोल्छाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

यस्तै, जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेश श्रेष्ठ र एसोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

शौरभ पछि हटे, चन्द्र ढकाल निर्विरोध !

महासंघमा एसोसिएट्स उपाध्यक्षका अर्का उम्मेदवार शौरभ ज्योतीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । महासंघको एकता र संस्थागत विकासका लागि आफूले उम्मेद्वारी फिर्ता गरेर एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाललाई सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

यससँगै अब महासंघको एसोसिएट्स उपाध्यक्षमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल निर्विरोध निर्वाचित हुने देखिएको छ ।

महासंघको साधारणसभामा उम्मेदवारी दर्ताको समयसिमा अझै वाँकी रहेपनि अन्य उम्मेदवारले एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने सम्भावना भने न्युन देखिएकाले पनि ढकाल निर्विरोध हुने निश्चित भएको बताइन्छ ।